न्युयोर्क, संसारकै व्यस्त सहरमध्ये एक । जहाँ कसैलाई एकछिन फुर्सद हुन्न । एक कप कफी पिउन पनि १०–१५ मिनेटसम्म कुर्नुपर्छ न्युयोर्कमा । मलाई अझै राम्रोसँग याद छ, म पहिलोपटक न्युयोर्क जाँदा, ट्रेन स्टेसनदेखि बाटोमा समेत जताततै मान्छेको ताँती । पर्यटक र गाडीको ताँती कहिल्यै नरोकिनेजस्तो, सधैँ गतिवान् । त्यस समय मलाई मेरो देश नेपाल अनि काठमाडौँ सहरको धेरै याद आएको थियो । जहाँ मैले जीवनका झन्डै दुई दशक बिताएको थिएँ ।
काठमाडौँ देशकै उदाहरणीय सहर । मठमन्दिर, कला, संस्कृति र सभ्यता मात्र होइन, आपसी प्रेम, ठूलालाई आदर, सानालाई स्नेह पनि यहाँका अमूल्य सम्पदा हुन् । नेपालमा मान्छे खुसी हुनका लागि ठूला घर चाहिँदैन, धेरै पैसा पनि चाहिँदैन । लाग्छ, यहाँ सन्तुष्टिको सूत्र भौतिक उपलब्धिभन्दा निरपेक्ष छ । अनि, नेपाल नै त्यस्तो देश हो, जहाँ धनी हुनलाई धन हुनुपर्दैन । महलमा जानूस् वा झुपडी, श्रद्धा र आतिथ्यको मन्त्रले तपाईंलाई जित्छ, जित्छ । मैले यी कुरा अमेरिकामा विदेशी मित्रहरुलाई सुनाउँदा आश्चर्यचकित हुन्थे उनीहरु । हाम्रो देशमा पनि त्यस्तै भइदिए कति राम्रो हुन्थ्यो भन्थे । उनीहरु हाम्रो सम्पन्नतामाथि ईष्र्या गर्थे एक प्रकारले । मलाई चाहिँ नेपाली हुनुमा गर्व लाग्थ्यो ।
झन्डै एक दशकपछि नेपाल फर्किएँ । प्रतीक्षाको त्यो घडी म शब्दमा बयान गर्नै सक्दिनँ । हरेक पल एउटा युगजस्तो । तर, त्रिभुवन विमानस्थलबाट निस्कनासाथ म एकाएक न्यास्रिएँ । एक दशकले नेपालमा धेरै परिवर्तन ल्याइदिएछ । भत्किएका भौतिक संरचना, भीडभाड, अनुशासनहीन चालक । कसैलाई कसैको मतलब छैन । धेरै ठाउँमा सडक ठूला भएका छन् तर पैदल यात्रीका लागि फुटपाथ छैन । वृद्धवृद्धा हुन् वा बालक, सडकले कसैलाई माया गरेको देखिएन । केवल देखियो, आ–आफ्नो हतारो ।
एक मनले त लाग्यो, म न्युयोर्कमै छु । न्युयोर्कमै पुग्यो जहाँ पैसा तिरेर कफी लिनलाई समेत मानिस पालो पर्खेर बसेका हुन्छन् । हतारो त्यहाँ पनि छ, ट्रेन÷बस स्टेन, रेस्टुराँ, कफी पसल, जताततै । तर, धैर्यता छ, आफ्नो अधिकार स्थापित गर्न खोज्दा अरूलाई मर्का नपरोस् भन्ने चेतना छ । काठमाडौँ व्यस्त छ तर यति धेरै व्यस्त पनि हुनुपर्छ जस्तो लाग्दैन । ताकि, हाम्रो पहिचान र मौलिकता नै संकटमा परोस् । सोचेँ, के यही हो मैले उदाहरण दिने गरेको काठमाडौँ । के यही सहर हो, जसको चर्चा सुनेर मेरा विदेशी मित्रहरू ईष्र्या गर्थे ?